तपाईंलाई FP&M को अर्को दोस्रो र तेस्रो शिफ्ट कर्मचारीहरूको लागि सारा कर्मचारीको रातको कार्यक्रममा, मङ्गलबार, डिसेम्बर १९ मा, Union South मा आमन्त्रित गरिन्छ ।
हाम्रो क्याम्पस, विभाजन र रणनीतिक योजनाको अपडेटको लागि FP&M अगुवाहरू र तपाईंका सहकर्मीहरूसँग सामेल हुनुहोला ।
- मङ्गलबार, डिसेम्बर १९, २०२३ – क्यालेन्डरमा राख्नुहोस् ।
- राति १०:३० बजेदेखि १२:३० बजेसम्म – कार्यक्रम राति ११:१० बजे शुरू हुनेछ तर कार्यक्रम शुरू हुनु अघि र पछि हामीले खानपिनको व्यवस्था गरेका छौं ।
- Union South को दोस्रो तल्लाको Varsity Hall मा ।
- सांस्कृतिक भाषागत सेवाले UW मा समर्थन मिल्ने सबै भाषाहरूको लागि अनुवादन सेवा प्रदान गर्नेछ । यस कार्यक्रमको बारेमा अनुवादित सन्देश चाँडै पठाइनेछ ।
अगाडि आउनुभएर पछिसम्म बस्नुहोला
रातिको ११:१० बजे कार्यक्रम शुरू हुने साथसाथै, हामीसँग पहिले र पछि गर्ने धेरै गतिविधिहरू हुनेछन् ।
आफ्ना सहकर्मीहरूसँग भेटघाट गर्ने क्रममा, खानपिन गर्नुहोला, नि :शुल्क व्यावसायिक फोटो खिचाउनुहोला वा FP&M को नयाँ शर्टहरू हेर्नुहोला ।
प्रत्येक FP&M कर्मचारीले UW–Madison को १७५ औं वर्षको भागको रूपमा आफ्नो रोजाइको एउटा नि:शुल्क शर्ट पाउनेछन् । तपाईंले यस कार्यक्रममा व्यक्तिगत रूपमा आउनुभएर हेर्न सक्नुहुनेछ ।
एजेन्डा
- राति १०:३० बजे – ११:१० बजे – सहकर्मीहरूसँग भेटघाट गर्नुभएर खानपिन गर्ने । आफ्नो नि: शुल्क शर्ट मगाउने । आफ्नो नि :शुल्क व्यावसायिक फोटो खिचाउने । सांस्कृतिक भाषागत सेवा मार्फत अनुवादनको सामान लिने ।
- ११:१० बजे – ११:५० बजे – कार्यक्रम ।
- ११:५० बजे – अनुवादनको सामान सांस्कृतिक भाषागत सेवालाई फिर्ता दिने ।
- ११:५० बजे – १२:३० बजे – सहकर्मीहरूसँग भेटघाट गर्नुभएर खानपिन गर्ने । आफ्नो नि: शुल्क शर्ट मगाउने । आफ्नो नि :शुल्क व्यावसायिक फोटो खिचाउने । सांस्कृतिक भाषागत सेवा मार्फत अनुवादनको सामान लिने ।
प्रत्येक FP&M कर्मचारीले UW–Madison को १७५ औं वर्षको भागको रूपमा आफ्नो रोजाइको एउटा नि:शुल्क शर्ट पाउनेछन् । यस कार्यक्रममा ती शर्टहरू हेर्न र मगाउन सकिने अवसर मिल्नेछ ।
- लुगाका नि:शुल्क चयनहरूमा पोलो शर्टहरू, घाँटीमा अडिने (crew neck) शर्टहरू (छोटो र लामो बाहुले) र quarter-zip शर्टहरू समावेश छन् । पुरुषहरूको S देखि 4XL लेबल गरिएका साइजहरू र महिलाहरूको XS देखि 2XL लेबल गरिएका साइजहरू उपलब्ध छन् ।
- सबै साइज र शैलीका नमुनाहरू उपलब्ध हुनेछन् तर कार्यक्रममा तपाईंले लग्न सक्नुहुने मिल्ने शर्टहरू उपलब्ध हुने छैनन् ।
- शर्टहरू हेर्न र मगाउन अरू अवसरहरू पनि मिल्नेछन् ।
- तपाईंले एउटा शर्ट मगाउन सक्नुहुनेछ ।
- यी कामका वर्दीहरू हैनन् । तपाईंले यी मगाउनै पर्ने भन्ने छैन ! तपाईंले आफ्नो रोजाइको नि:शुल्क शर्ट आफ्नो तरिकाले लगाउन सक्नुहुन्छ ।
सारा कर्मचारीको कार्यक्रममा तपाईंले आफ्नो व्यवसायिक फोटो खिचाउनको लागि नाम टिपाउन सक्नुहुन्छ ।
यो छिटो र सजिलो छ — एकजना फोटो खिच्ने मान्छेले तपाईंको फोटो खिच्नेछन् र तपाईंले कार्यक्रमको दुई हप्ता पछि आफ्नो डिजिटल फाइलको लिङ्क पाउनुहुनेछ । यो तपाईंको लागि आफ्नो फोटोको एक डिजिटल फाइल पाउने पूरै वैकल्पिक अवसर हो । यसको लागि तपाईंलाई लगभग पाँच मिनेट लाग्न सक्नेछ तर समयसूचीमा आफ्नो नाम टिपाउन सल्लाह दिइन्छ ।
FP&M Communications सँग सूचनाहरूको लागि (जस्तै कि, जब कर्मचारीले पुरस्कार जिते वा बढुवा पाए भने) फाइलमा फोटो राख्नेछन् । तपाईंले आफ्नो व्यवसायिक फोटो जसरी चाहनुहुन्छ त्यसरी चलाउन सक्नुहुन्छ ।